Thursday, January 31, 2019

सहिद दिवसको सम्झनामा

सहिद दिवसको सम्झनामा

लक्ष्मण प्रसाद खतिवडा
दोलखा

सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठी देश र जनताको भलाईका लागि काम गर्ने र आवश्यक परे आफ्नो ज्यानको कुनै पर्वाह नगरी बलिदानी दिने व्यक्तिलाई बुझिन्छ । नेपाली शब्दकोषले आफ्नो देश, संस्कृति  अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका लागि बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्तिलाई सहिद मानेको छ भने नेपाली विकिपिडियामा व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाईका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई सहिद भनी परिभाषित गरिएको देखिन्छ । हुनपनि समाजमा भएको अन्याय,अत्याचार,  शोषण , दमन, असमानता, परतन्त्रता र उत्पीडनका विरुद्ध आफ्नो प्राणको आहुती दिने अनि आफ्ना भावी सन्ततीका सुखका लागि प्राणत्याग गर्ने वीरहरु नै सहिद हुन् ।
नेपालमा वि.सं. १९०३ असोज २ गतेदेखि २००७ फागुन ७ गतेसम्म रहेको एकतन्त्रीय जहानिया राणाशासनका विरुद्ध लडी वीरगति प्राप्त गर्दे लखन थापा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा , शुक्रराज शास्त्री हुन् । त्यस्तै वि.सं. २०१७ पौष १ गतेदेखि वि.सं. २०४६ चैत्र २६ गतेसम्म एकदलीय तानाशाही पञ्चायती व्यवस्थाका विरुद्ध लडेर वीरगति प्राप्त गर्नेै दुर्गानन्द झा, रामनाथ दाहाल लगायत अनि वि.सं. २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सरिक भै गणतन्त्र प्राप्तिको लागि आत्मोत्सर्ग गर्ने वीर सहिदहरु भीमसेन दहाल, उमेशचन्द्र थापा, दर्शनलाल यादव, हरिराज अधिकारीको भूमिका अवर्णनीय छ । मुलुकको स्वतन्त्रता र रक्षाका लागि जीवन अर्पण गर्ने तिनै वीर सहिदहरुका कारण हामीले स्वतन्त्र रुपमा जीवनयापन गर्न पाएको तथ्य हामीमाझ घाम झै छर्लङ्ग छ ।
        “देशले रगत मागे मलाई बली चढाऊ” भन्ने भावना अनुरुप आफ्नो जीवन समर्पण गरी देशलाई निरङ्कुश तानाशाहका जञ्जिरबाट मुक्त गराई देशलाई सुन्दर, शान्त अनि विशाल बनाउन सहिदले खेलेको भूमिका अविस्मरणीय छ ।  त्यसैले उनीहरुको विचार र भावनाको कदर गर्दै उनीहरुले देखाएको बाटोमा हिडी देशलाई विकाशको प्रगतिपथमा लम्काउन जरुरी छ । अन्यथा उनीहरुको त्याग, तपस्या र बलिदान त्यतिकै खेर जानेछ । 
        कुनै पनि व्यक्ति चाहेर सहिद बन्दैन, न त रहरले नै सहिद बनाउंदछ । मातृभूमिको आवश्यकता, युगीन परिवर्तन अनि समयको माग बमोजिम राष्ट्र बनाउन बलिदान दिने व्यक्ति मात्र सहिद बन्दछ । जसले आफ्नो जीवनलाई राष्ट्रहितको लागि अर्पण गर्छ ऊ नै सदा सम्मानयोग्य बन्दछ, अमर बन्दछ । व्यक्तिगत स्वार्थ एवं पारिवारिक स्वार्थलाई तिलाञ्जली दिई राष्ट्रिय स्वार्थमा आफ्नो शरीरलाई समर्पण गर्ने व्यक्ति सहिद हुने हुनाले ऊ देश वा जनताको आफ्नो बन्न पुग्दछ । जो व्यक्ति निजी स्वार्थमा रुमलिन्छ ऊ ज्यूंदो मरेको तुल्य हुन्छ ।
        नेपालको इतिहासमा धेरै व्यक्तिहरुले आफ्नो जीवनलाई राष्ट्रहितमा अर्पण गरी राष्ट्रलाई अग्रगतिमा लम्काई, सम्मानयोग्य बन्न पुगेका छन् । तिनै देश र जनताको हितको लागि आफ्नो प्राणको आहुति दिने विर सहिदहरुको सम्झना एवं सम्मानमा विगत झैं यसवर्ष पनि सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालन भए । उनीहरुकै बलिदानको गाथा गाइदै उनीहरुकै स्मरणमा सहिद दिवस मनाइयो । तापनि विभिन्न खालमा घटनामा मरेका व्यक्तिहरुलाई राजनीतिकरण गर्दै सहिद घोषणा गर्ने र सहिद घोषणा गर्न माग गर्ने प्रवृति बढेको गुनासा सुनिनाले वास्तविक र सच्चा सहिदप्रति अपमान गरेको छ, अवमूल्यन गरेको छ । अतः वीर सहिदहरुले देशप्रति गरेको आत्मोत्सर्गलाई स्वीकारी वास्तविक सहिदहरुप्रति सम्मान गर्दै सहिद दिवसका दिन सहिदका तस्विरमा माला लगाई गुणगानमा मात्र  सिमित नराखी उनीहरुले देखाएको बाटोमा सदा सर्वदा हिड्नुपर्छ । अनि सहिदहरुको आंशु र रगतले सिर्जित यस देशको अस्तित्वलाई रक्षा गर्न हामी सबै देशवाशी लाग्नुपर्छ ।
        व्यक्तिगत स्वार्थ र पारिवारिक स्वार्थभन्दा माथि राष्ट्रको हितको खातिर जीवन अर्पण गर्ने महान सहिदहरुलाई सम्मान गर्न प्रत्येक देशवासीले व्यक्तिगत स्वार्थभन्दा माथि उठी सुनौलो राष्ट्र निर्माणको महायज्ञमा एक भएर जुट्न आवश्यक छ । प्रत्येक व्यक्तिको मनमा देशप्रतिको श्रद्धा र सम्मान भएमात्र सहिदप्रति सम्मान हुने वास्तविकतालाई स्वीकारी राष्ट्रको समुन्नति र समृद्धिको लागि सबै लाग्नुपर्छ । सहिदको परिभाषालाई लत्याउंदै आफूखुशी तरिकाले सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्दै सहिद जस्तो उच्च सम्मानित र मर्यादित पदलाई सम्मानित र मर्यादित नै बनाइराख्न यस वर्षको सहिद दिवसले बुद्धि प्रदान ग¥यो भन्ने कामना सहित ......।
समाप्त


Friday, January 25, 2019

जीवन बीमाकाे आवश्यकता

जीवन बीमाकाे आवश्यकता

लक्ष्मण प्रसाद खतिवडा


बीमा बीमित -बीमा गर्ने व्यक्ति_ र बिमक -बीमा गरिदिने कम्पनी_ बीचको सम्झौता हो जसमा नोक्सानी भएमा सम्झौताको आधारमा नोक्सानीको क्षतिपूर्ति दिइन्छ । त्यसैले यसलाई जोखिम न्यूनीकरण गर्ने वा जोखिम अर्को पक्षलाई हस्तान्तरण गर्ने माध्यम पनि भन्न सकिन्छ । अझै जीवन बीमा भन्नाले कुनै पनि व्यक्तिको निश्चित अवधिसम्म किस्तावन्दी गरी निश्चित रकम बुझाउने तथा बीमा अवधि समाप्त भएपछि निजले र बीमा अवधि समाप्त नहुदै निजको मृत्यु भएमा निजको हकवालाले कुनै निश्चित रकम प्राप्त गर्नेगरी गरिएको सम्झौता बुझिन्छ ।
       बीमा बचत तथा सुरक्षाको लागि गरिन्छ । बीमा गर्दा थोरै प्रिमियम तिरेपनि विमाङ्क रकममानै बोनस पाइने भएकाले अन्य क्षेत्रमा गरेको लगानी भन्दा बीमामा गरेको लगानीबाट बढी प्रतिफल पाइन्छ । जीवन बीमाले व्यक्तिलाई अनिवार्य बचत गर्न प्रोत्साहित त गर्छ नै यसका साथै थोरै लगानी गरी धेरै आर्थिक सुरक्षा पनि दिने गर्दछ । यसले एकातिर व्यक्ति स्वयंलाई पनि भविष्यको योजना निर्माण गर्न सहयोग पु¥याउंछ भने अर्कोतिर कथं कदाचित निजमाथि कुनै घटना वा दुर्घटना भएमा परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ । त्यसैले भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटनाबाट बच्न एवं बालबच्चाहरुको उज्वल भविष्यको लागि रकम जोहो गर्न समेत प्रत्येक व्यक्तिले आफ्नो क्षमताअनुसार बीमा गर्न अति जरुरी छ ।
       जीवन अनिश्चित छ, कुनबेला के हुन्छ थाहा हुंदैन । घटना वा दुर्घटनाले धनी गरिब, सानो ठूलो केही भन्दैन । हुनपनि जोखिम नत बाजा बनाएर आउंछ नत यसले कुनै सङ्केत वा सूचना नै दिन्छ । यो त जुनसुकै बेला,जुनसुकै ठांउमा जोकोहीलाई पर्न सक्दछ । त्यसैले यस्ता जोखिमहरुबाट बच्न , जोखिमहरुबाट हुने क्षति कम गर्न तथा जोखिमको क्षतिपूर्ति प्राप्त गर्न बीमा गर्नु जरुरी छ । बीमाले जीवनको बदलामा जीवन त दिंदैन तर आश्रितहरुलाई आर्थिक भारको मारबाट बचाउंदछ । कुनै धनी व्यक्तिको मृत्यु भएमा उसका छोराछोरीहरु आर्थिक रुपले सुरक्षित हुन सक्छन् तर गरिब तथा न्यून आय भएका व्यक्तिको मृत्यु भएमा उसका छोराछोरीहरु असुरक्षित हुन्छन् । त्यसैले जीवन बीमा धनीहरुको लागि भन्दा न्यून आय भएका हाम्रो जस्तो मुलुकको जनताहरुको लागि अति आवश्यक छ । आज हामी २१ औं शताब्दीको युगमा आइपुगेको अवस्थामा हिड्दा होस् या कुद्दा, गुड्दा होस् या उड्दा जोखिमहरुबीचमा बांचिरहेका छौं । त्यसैले हामीले आफूलाई आवश्यक पर्ने बीमा योजनाहरुमार्फत जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा प्राप्त गर्न जरुरी छ ।
       नेपालमा बीमा व्यवसायको इतिहास धेरै पुरानो छैन । सुरुसुरुमा विदेशी कम्पनीहरुले नेपालमा कार्यालय खोली बीमा अभिकर्ता वा कम्पनीहरुको प्रतिनिधिमार्फत बीमा व्यवसाय सञ्चालन भएको थियो । त्यसपछि नेपालमा बैङ्किङ कारोबारको बृद्धिसंगै बीमाको आवश्यकता महसुस गरी नेपाल बैंक लि. ले वि.सं. २००४ असोज ८ गते आफ्नो सहायक कम्पनीको रुपमा नेपाल बीमा र माल चलानी कम्पनी स्थापना गरी बीमा व्यवसाय सञ्चालन गरेको पाइन्छ । वि.सं.२०२४ पौष १ गते राष्ट्रिय बीमा कम्पनी प्रा.लि. स्थापना भएपछि नेपालमा बीमाको क्षेत्र अगाडि बढेको देखिन्छ । हाल राष्ट्रिय बीमा संस्थानको नामले परिचित यस बीमा कम्पनीेले सुरुमा निर्जीवन बीमाको कार्य गरे तापनि वि.सं. २०२९ देखि जीवन बीमाको क्षेत्रमा पनि कार्य गर्दै आएको छ । यसपछि हालसम्म आइपुग्दा जीवन बीमा गर्ने कम्पनीहरुको संख्या डेढ दर्जनभन्दा बढी भैसकेका छन् ।
       बीमा गर्दा बीमा गर्ने व्यक्तिले अर्को पक्षलाई जोखिम हस्तान्नरण गर्ने भएकाले बीमा गर्ने व्यक्तिलाई कहिल्यै घाटा हुंदैन । अनि बीमा कम्पनीहरुले पनि अन्य पुनर्वीमा कम्पनीहरुसंग बीमा गरेको हुनाले बीमा कम्पनीहरु भाग्छन् भन्ने जुन मानसिकता हामीबीच छ त्यो सरासर गलत हो ।यसका साथै यी बीमा कम्पनीहरुलाई नियमन गर्ने निकाय बीमा समिति छ, बीमा बजारको अनुगमन, निर्देशन तथा बीमितको हित तथा रक्षाको लागि ऐन, नियमावली, निर्देशिकाहरु छन् । त्यसैले आफ्नो तथा आफ्नो परिवारको उज्वल भविष्यको लागि एवं विभिन्न चोरी, डकैति आदि जोखिमहरुबाट बच्न तथा प्राकृतिक प्रकोप, दुर्घटनाबाट आर्थिक सुरक्षा प्राप्त गर्न पनि बीमा गर्नु आवश्यक छ । जीवन बीमा गर्दा बीमा अवधिसम्म स्वयं व्यक्ति जीवित रहेमा उसैले बिमाङ्क रकम तथा नियमानुसारको बोनस एकमुष्ट प्राप्त गर्ने र बीमा अवधिभित्र कथं कदाचित निजको मृत्यु भैहालेमा पनि बिमाङ्क रकम तथा नियमानुसारको बोनस बीमितको परिवारले बीमा कम्पनीहरुबाट प्राप्त गर्ने हुनाले केही हदसम्म आर्थिक राहत प्राप्त भै प्राप्त गरेको रकमबाट परिवारको जीविका चल्न सक्छ । त्यसैले जीवनमा आइपर्ने विभिन्न घटनाहरुले निम्त्याउने आर्थिक जोखिम न्यूनीकरण गर्न पनि बीमा गर्न जरुरी छ । अतः जीवन बीमा गरौः आफू र आफ्नो परिवारमा आइपर्ने सबै प्रकारमा जोखिमहरुबाट आर्थिक सुरक्षा प्राप्त गरौं ।
समाप्त

Tuesday, December 26, 2017

जीवन बिमाको बारेमा जानकारी

बिमा जागरण अभियान

जीवन बिमा के हो ?
तपाई र बिमा कम्पनीबीचको सम्झौता हो जसमा तपाईले आफूले सक्ने निश्चित रकम कम्पनीलाई तिर्नुपर्छ । तत्पश्चात् बिमा अवधिभर तपाईलाई कुनैपनि आकस्मिक संकट (मृत्यु, दुर्घटना) परेमा कम्पनीले नियमानुसार एकमुष्ट ठूलो रकम प्रदान गर्दछ । बिमा योजना अनुसार कम्पनीलाई बुझाउनुपर्ने रकम बुझाइसकेपछि पनि आफूले बुझाएको रकम तथा नियमानुसारको बोनस रकम एकमुष्ट रुपमा कम्पनीले तपाईलाई प्रदान गर्दछ ।

बिमा किन गर्ने त ?
Ø  अत्यधिक खर्च गर्ने बानीलाई नियन्त्रण गरी अनिवार्य बचत गर्न ।
Ø  जीवनमा आइपर्ने आर्थिक समस्या समाधान गर्न ।
Ø  आर्थिक जोखिम न्यूनिकरण गर्न ।
Ø  थोरै रकम तिरेपनि धेरै क्षतिपूर्ति पाउन ।
Ø  लगानीलाई विविधिकरण गरी प्रशस्त फाइदा लिन ।
Ø  करयोग्य आयमा करबचत गर्न ।
Ø  छोराछोरीको स्वास्थ्य, शिक्षा, विवाहजस्ता महत्वपूर्ण कामका लागि आवश्यक रकम जोहो गर्न ।
Ø  दुर्घटनाका कारण परिवारमा आय आर्जन गर्ने व्यक्तिको अकालमा हुने मृत्युबाट आश्रितलाई आइपर्ने आर्थिक समस्याको समाधान गर्न ।
Ø  आवश्यक परेमा नियमानुसार ऋण सुविधा उपयोग गर्न ।

बिमा रकम कहिले दाबी गर्ने ?
Ø  बिमाको अवधि समाप्त भएमा ।
Ø  बिमा गर्ने व्यक्तिको मृत्यु भएमा ।
Ø  बिमा गर्ने व्यक्तिको बिमा कम्पनीसँग अन्य सम्झौता भएमा सोही अनुसार ।

Meet @:
L.P. Khatiwoda (दिपक)
Cell: 9841398631, 9803784639
YouTube Channel: Yours Multi Productions
Blog: lpkhatiwoda.blogspot.com
( बिमा गरौं: आफू र आफ्नो परिवारमा आइपर्ने सबै प्रकारका जोखिमहरुबाट आर्थिक सुरक्षा प्राप्त गरौं ।)

Monday, October 16, 2017

साझा यातायातलाई बचाउने कसले ?



साझा यातायातलाई बचाउने कसले ?

साझा यातायात सञ्चालन भएको केही समयमा नै किचलो सुरु भएको छ । कोही साझा यातायात पुनः सञ्चालन भएकोमा खुसी छन् भने कोही साझा यातायात बन्द गराउने ध्याउन्नमा लागेका छन् । सर्वसाधारण भने साझा यातायातले दिने सेवा, सुविधा तथा सुरक्षाका कारण यसको विस्तार हुनुपर्नेमा जोड दिनथालेका छन् । हुन पनि यसको सेवा पहिले पनि राम्रो थियो, अहिले पनि राम्रो छ । तर विभिन्न तत्त्वले यसप्रति षड्यन्त्र गरिरहेकाले यसप्रति आमयात्रु सचेत रहनु जरुरी छ । यदि पुनः यसको अस्तित्व नै नामेट हुने खेल हुनगएमा यसको विरुद्ध हाम्रो आवाज एकजुट हुन आवश्यक छ । अन्यथा साझा यातायातको विगतको जस्तै हविगत नहोला भन्न सकिन्न । सबैलाई चेतना भया...।  -२०७० वैशाख १२, बिहीवार  Kantipur

मानवअधिकार र नेपालमा यसको अवस्था

मानवअधिकार र नेपालमा यसको अवस्था



Article ( Published in Himalayan Times National Daily )


सहिद दिवसको सम्झनामा

सहिद दिवसको सम्झनामा लक्ष्मण प्रसाद खतिवडा दोलखा सहिद भन्नाले व्यक्तिगत स्वार्थभन्दा माथि उठी देश र जनताको भलाईका लागि काम गर्ने र ...